काठमाडौं १२ माघ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित गर्भपतन एवं परिवार नियोजन सम्बन्धी विदेशी सहयोगमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेसँगै नेपालले पाउने १ करोड डलर बन्द हुने भएको छ ।
अमेरिकी सहयोग नियोग युएसआईडीले स्वास्थ्य क्षेत्रमा साढे तीन अर्ब वर्षेनी खर्च गर्दै आएको छ । ट्रम्पको आदेश कार्यान्वयनमा आएसँगै अब नेपालले पाउदैं आएको एक करोड डलरको सहयोग रोकिने भएको हो ।
यसअघि नै अमेरिकी कानुनले अमेरिकी सहयोगको रकमबाट कुनैपनि विदेशी मुलुकमा गर्भपतन सम्बन्धी खर्च गर्न नपाईने व्यवस्था गरेको थियो भने ट्रम्पको थप आदेश जारी भएको हो ।
सन् १९८४ मा मेक्सिको सिटीमा आयोजित राष्ट्रसंघीय जनसंख्या सम्मेलनमा रेगनले गर्भपतन एवं परिवार नियोजन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग बन्द गर्ने घोषणा गरेका थिए । यद्यपी डेमोक्रयाटिक पार्टी नियन्त्रित सरकारले यस्तो प्रतिबन्ध माथि फुकुवा गर्दै आएको थियो । ओबामा प्रशासनले धेरै हदसम्म यस प्रति उदार नीति अख्तियार गरेकाले चालु रहदै आएको थियो ।
Comments








