काठमाडौं १३ पुस
मधेसी मोर्चाले संविधान संशोधनका लागि दर्ता भएको विधेयक राष्ट्रघाती भएमा संसदमा रेकर्ड गराउन चुनौती दिएको छ ।
मोर्चाले अहिलेको संशोधनमा राष्ट्घात छ भने संसदमा रेडर्क गराउन चुनौती दिँदै बाहिर बोलेर केही अर्थ नरहने समेत स्पष्ट पारेको छ ।
मोर्चाले संसदमा दर्ता भएको संशोधन विधेयक अगाडी बढाएर आफूहरु निर्वाचनमा भाग लिने भन्दै संसद सुचारु गर्ने विषयमा एमालेलाई जिम्मेवार बन्न समेत भनेको छ ।
बालुवाटारमा मंगलबार साँझ कांग्रेस, माओवादी र मोर्चाको संयुक्त बैठकपछि मोर्चाले एमालेलाई यस्तो चेतावनी दिएको हो ।
मोर्चाका नेता हृदयश त्रिपाठीले संशोधनमा राष्ट्रघात छ भने रेडर्क गरेर देखाउन चुनौती दिए । ‘संसदलाई अवरोध गर्न भएन, यदि प्रतिपक्षीलाई संशोधन देशहित विरुद्ध, राष्ट्रघात छ भन्ने लाग्छ भने संसदमा रेडर्क गरेर देखाउनुस्, उहाँहरु हाम्रो मित्र हुनुहुन्छ, बाहिर बाहिर बोलेर रेडर्क रहँदैन, संसदभित्र रह्यो भने उहाँहरुलाई पनि भविष्यमा काम लाग्ला’ उनले भने ।
अर्का नेता राजेन्द्र महतोले पनि एमालेले गैरप्रजातान्त्रिक चरित्र देखाएको भन्दै संसद सुचारु गरेर विधेयकलाई प्रक्रियामा लैजान दिन माग गरे । भिडियो हेर्नुहोस् 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।