काठमाडौं ७ मंसिर । भारतले लगाएको नाकाबन्दीको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका उच्च नेता सडकमा ओर्लिएका छन् ।

भारतीय नाकाबन्दी र हस्तक्षेपका विरुद्ध लेखिएका प्ले कार्ड बाकेर उनीहरुले भारतीय दूतावास पुगी ज्ञापनपत्र समेत बुझाएका छन् ।
पार्टी अध्यक्ष वैद्यको नेतृत्वमा शीर्ष नेताहरुसहितको टोलीले भारतीय दुतावास पुगेको हो । उनीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर बुझाएको ज्ञापनपत्रमा भारतले बल मिच्याईं गरेर नाकाबन्दी गरेको भन्दै तत्काल खोल्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाएपछि नेताहरुले २ घण्टा धर्ना दिएर भारतीय कदमको विरोध पनि गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।