नेपाली चाउचाउको परीक्षण गछौं : विभाग
काठमाडौं जेठ । नेपाल सरकारले नेपाली चाउचाउको गुणस्तरको मात्रा परीक्षण गर्ने भएको छ । भारतमा विश्वकै ठूलो खाद्य कम्पनी नेस्लेद्धारा उत्पादित म्यागी चाउचाउमा अखाद्य वस्तु फेलासँगै बिक्री वितरणमा रोक लागेपछि नेपाल सरकारले नेपाली सबै चाउचाउको गुणस्तर परीक्षण गर्ने भएको हो । 
नेपाल सरकारले यता नेपाली चाउचाउको गुणस्तर प्रशिक्षण गर्ने बताईरहँदा भारतमा भने नेपाली ब्राण्डको वाईवाई चाउचाउ बिक्री वितरणमा प्रतिबन्ध लागेको छ । चौधरी ग्रुपद्धारा उत्पादित नेपाली ब्राण्डको वाईवाई चाउचाउसहित अन्य तीन चाउचाउ भारतमा बन्देज लागेको हो । अखाद्य पदार्थ भेटिएको विषयमा नेपाली चाउचाउ वाईवाई भारतमा विक्री वितरणमा प्रतिबन्धसँगै नेपाल सरकारले यसको तत्काल परीक्षण गर्नुपर्ने दबाब थपिएको छ ।
कृषि विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्काल नै नेपाली चाउचाउको परीक्षण गर्ने जनाएको छ । विभागले बिहीबार नै भारतद्धारा उत्पादित म्यागी चाउचाउको विक्री वितरण प्रतिबन्ध लगाएर अनुसन्धान सुरु गरेको छ । विभागले म्यागीको रिपोर्ट आउन साथ नेपाली चाउचाउको पनि प्रशिक्षण गर्ने जानकारी दिएको छ ।
‘म्यागी चाउचाउको प्रशिक्षण सुरुवाती मात्रै हो’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, ‘यसको रिपोर्टकै आधारमा सबै नेपाली चाउचाउको प्रशिक्षण गर्ने तयारीमा विभाग छ ।’ उनले केही दिनमा नै म्यागी चाउचाउको रिपोर्ट आउने र त्यसलगत्तै नेपाली चाउचाउको अनुसन्धान सुरु गरिने पनि जानकारी दिएका छन् ।
भारतको तामिलनाडु सरकारले शुक्रबार म्यागीका साथै नेपाली ब्रान्डको वाईवाई चाउचाउसहित तीन अन्य चाउचाउको विक्री वितरणमा रोक लगाएको छ । सरकारले तीन महिनाका लागि म्यागी, वाइवाइ एक्सप्रेस, स्मीथ एन्ड जोन्स मसला चाउचाउको विक्री वितरणमा रोक लगाएको भारतीय न्यूज एजेन्सी पिटिआईले जनाएको छ । सिक्किम सरकारले पनि म्यागी नखान आम उपभोक्तालाई निषेधपत्र जारी गर्दै वाइवाइ, मामा र मिमी चाउचाउको जाँचका लागि क्षेत्रीय प्रयोगशाला गुहावटी पठाउन निर्देशन दिएको छ । गुजरात सरकारले पनि ३० दिनका लागि लिइंग हक्का नूडल्स प्रतिबन्ध गरेको हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ ।
तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निर्देशनमा खाद्य सुरक्षा कमिस्नरले यी ब्राण्डका चाउचाउको उत्पादन, भण्डारण र बिक्रीमा प्रतिबन्ध लगाएको हो । राज्य सरकारले जारी गरेको विज्ञप्तिमा यी कम्पनीहरुलायई रिटेलमा भण्डारमा भएका नूडल्स पनि खाली गर्न निर्देशन दिएको छ ।
स्थानीय सरकारले चारवटै चाउचाउमा आवश्यकताभन्दा बढी अजिना मोटो र शिशा भेटेपपछि तीन महिनाका लागि विक्री वितरणमा रोक लगाएको इन्डियनएक्प्रेसले उल्लेख गरेको छ ।
अजिना मोटो बढी र नियमित प्रयोग हुँदा टाउको दुख्ने, रिंगटा लाग्ने, हड्डी कटकट खाने जस्ता स्वास्थ्य समस्या देखिने युरोपियन खाद्य सुरक्षा एजेन्सीले उल्लेख गरेको छ । यसले मानिसको दिमागमा पनि असर 
गर्ने मृगौला र पाचन प्रणालीमा पनि असर गर्ने जनाइएको छ । 
यसलाई विज्ञहरुले ‘स्लो पोइजन’ का रुपमा पनि व्याख्या गरेका छन् । यसले सुरुसुरुमा स्वाद ग्रन्थीहरुलाई सक्रिय पारेर पछि नस्ट गर्ने काम गर्ने विज्ञहरुलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अझै बिक्रीमा म्यागी
नेपाल सरकारले बिक्री वितरण प्रतिबन्ध लगाएको म्यागी चाउचाउ नेपाली बजारमा भने खुलेखुलाम बिक्रीका लागि राखिएको पाइएको छ । विभिन्न सपिंग स्टोरहरुले म्यागी हटाए पनि रिटेल तथा केही होलसेलमा बिक्रीका लागि राखिएको पाइएको छ ।
सरकारको निर्देशनपछि उपभोक्ताले भने म्यागी चाउचाउ उपभोग गर्न छाडेका छन् । बिहीबार सरकारले अर्को सूचना जारी नहुँदासम्म म्यागी ब्राण्डका चाउचाउ बिक्री वितरण तथा उपभोग नगर्न नगराउन निर्देशन दिएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।