काठमाडौं, ३ जेठ । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले भूकम्प पीडितका लागि ९ करोड २० लाख डलर बराबरको आपतकालिन अपील जारी गरेको छ । रेडक्रसले आगामी हप्तामा पाँच लाख पीडितलाई पाल बाड्ने घोषणा पनि गरेको छ ।
अत्यावश्यक सेवा आवश्यक भएका लाखौं नेपालीहरुलाई मावनीय सहयोग प्रदान गर्ने प्रत्यत्न रहेको जनाउँदै महासंघका महासचिव एल्हाद यस सीले आपतकालिन अपीललाई वृद्धि गर्दै ९ करोड ३० लाख डलर पुर्याइएको र यसबाट ७ लाख भूकम्पपीडितलाई आगामी २ वर्षसम्म मद्धत गर्ने बताए ।
अझै हामी पूर्णआपतकालिन मोडमा नै छौं, काठमाडौंमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव सीले भने, नवसिर्जित आवश्यकताहरुलाई पनि अनुकूलन गर्दै हाम्रो प्रतिकार्य विस्तार गर्नुपरेको छ । यसले स्थानीय र अन्तर्राष्ट्रिय उद्धारराहतकर्मीहरुलाई एकताबद्ध रुपमा संलग्न गराउने विश्वास पनि उनले गरेका छन् ।
महासचिव सीले मानिहरुले चाँडो भन्दा चाँडो पुनस्थापना चाहेको पनि बताए । मान्छेहरु यथासम्भव चाँडो निर्माण चाहन्छन् र हाम्रो अपिलको ठूलो हिस्सा उनीहरुको घर मर्मत वा पुननिर्माण गर्न सुदृढ बनाउने गरी डिजाइन गरिएको छ, उनले भने हामी परिवारहरुलाई सहयोग उपलब्ध गराउने छौं जसबाट उनीहरुले आयमूलक गतिविधिरुबाट र साना पनुः सञ्चालन गरेर आफ्नो जीविकोपार्जन सुधार्न सक्छन् ।
सीले गत मंगलबारको भूकम्पले हजारौं मानिसलाई दोब्बर आघात पर्याएको र सहयोगबाट उनीहरुको मर्यादा स्थापित गर्नु चुनौती पनि रहेको उल्लेख गरे । १२ गतेको भूकम्पपश्चात् रेडक्रस टोलीहरु भूकम्प पीडितको आपतकालीन औषधीउपचार सहयोगसाथै खाद्य र गैरखाद्य सामग्री एवंव आपतकाली आश्रय उपलब्यध गराउन केन्द्रित रहेको रेडक्रसले जनाएको छ ।
२ लाख २१ हजारभन्दा बढी मासिनहरु अहिले रेडक्रसको पाल वा तारपोलिनमुनि रहेको र ५ लाख पीडितहरुसम्म आगामी दिनमा पुर्याउने लक्ष्य रहेको रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले विपत्तीलाई न्यूनीकरण गर्नु अहिलेको मुख्य चुनौती रहेको भन्दै राज्यले पनि आगामी दिनका लागि गम्भीर भएर सोच्नुपर्ने र रेडक्रसले पनि त्यहीँ अनुसारको तयारी गर्ने जानकारी दिए । रेडक्रसले राहत प्याकेजको योजना पनि गरिरहेको उनको भनाई छ ।
नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले मानिसहरुले आफूलाई घर फर्किन सुरक्षित ठान्न थालेको समयमा अहिले फेरि उनीहरु आफ्ना रातहरु खुला ठाउँमा बिताउन बाध्य भएको र यसले फेरि आपतककालिन आश्रयसम्बन्धी सामग्रीको माग बढाएको बताए ।
Comments