जेठ ३ । विभिन्न पाँच वटा माओवादीले भूकम्प पीडितको उद्धार, राहत  तथा भौतिक संरचनाको पुनः निर्माणमा एक भएर लाग्ने निर्णय गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवसा लाजिम्पाटमा बसेको पाँच पार्टी अध्यक्षले महाभूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै एक भएर अघि बढ्ने निर्णय गरेका हुन् ।
बैठकपछि नेकपा माओवादी उपाध्यक्ष सिपी गजुरेलले पीडित जनताको समस्याहरुको समाधान गर्न के गर्ने भन्नेबारे छलफल भएको र संयुक्त रुपमा आफ्नो दलका युवाहरुलाई गाउँ–गाउँमा परिचालन गर्ने निर्णय गर्ने निर्णय गरेको बताए ।
बैठकमा एकीकृत माओवादी, मोहन बैद्य नेतृत्वको नेकपा माओवादी, मात्रृका यादव नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी सहभागी थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।