चैत्र २४ । तीस दलीय मोर्चाले आह्वान गरेको ३ दिने बन्दको पूर्वसन्ध्यामा भोजपुरमा गरिएको मसाल जुसुसमा झडप हुँदा घाइते बनेका प्रदर्शनकारीलाई राजधानी ल्याइएको छ ।
घाइते प्रदर्शनकारीको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि राजधानीको टिचिङ अस्पताल ल्याइएको हो ।
घटनामा गम्भीर घाइते भएका बजेन्द्र राई, प्रतिमा राई, अशोक राई र श्याम राईको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
मसाल जुलुसका क्रममा प्रहरीले प्रदर्शनकारीलाई आगो लगाए पछि १ सय ५० भन्दा बढी प्रदर्शनकारीहरु गम्भीर घाइते भएको मोर्चाले जनाएको छ ।
Comments