चैत्र २४ । ३० दलीय मोर्चाले आह्वान गरेको तीन दिने आमहडतालको पहिलो दिनको प्रभाव देशभरी नै परेको छ ।
बन्दका कारण कलकारखाना, उद्योग शैक्षिक संस्था, यातायात ठप्प हुँदा सर्वसाधरण भने मारमा परेका छन् ।
बन्दको क्रममा अवज्ञा गरेको भन्दै ठाउँ ठाउँमा सवारी साधन समेत तोडफोड भएको छ । बन्दको क्रममा राजधानीको बिजुलीबजार भने दिनभर नै तनाबग्रस्त बनेको छ । प्रहरीले दर्जनौं बन्दकर्तालाई गिरफ्तार समेत गरेको छ ।
बन्द छोट्टिने वा नछोट्टिनेबारे केही खुलाइएको छैन । साँझ पाँच बजेपछि मोर्चाको समिक्षा बैठकले आन्दोलन कसरी अगाडी बढाउने वा छोट्याउने भन्ने कुराको निक्र्यौल गर्नेछ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।