काठमाडौं २८ पुस
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ ।  माओवादी केन्द्रले १० र २१ मंसिरको निर्वाचन सम्पन्न भईसकेको र त्यसबाट प्राप्त जनादेश अनुसार सरकारले काम गर्नुपर्नेमा नगरेको भन्दै गम्भीर आरोप लगाएर बाहिरिएको छ ।
प्रधानमन्त्रीलाई माओवादी अध्यक्ष प्रचण्डले सरकारमा नरहेको जानकारी दिन लेखिएको पत्रमा भनिएको छ, 

‘निर्वाचन सम्पन्न भई ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्यक वातावरण बनाउन अबिलम्व पहल हुनेछ भन्ने अपेक्षा हामीले राखेका थियौं । तर आजसम्म पनि त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दूरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैबाट हामी ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा.(संयुक्त) सम्बद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँदछौं । साथै सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गर्दछौं ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।