माघ ११ । नाराबाजीकै बिचमा सभाध्यक्ष सुवास नेम्वाङले संविधान लेखनको प्रकिया बहुमतिय आधारमा अघि बढाएका छन्।
एमाओवादी तथा मधेसी मोर्चासहितका विपक्षी सभासद्को घेराउ, नाराजुलुस, हुलदंगाका बिच उनले नेम्वाङले प्रश्नावली समिति गठन गरेका छन् ।
संविधान लेखनका विवादित विषयलाई प्रक्रियाबाट टुंगो लगाउन नेम्वाङ आफैले प्रस्ताव राखेका थिए र दुईतिहाइभन्दा बढी बहुमतले प्रस्ताव पारित भएको हो।
सभाध्यक्ष नेम्वांगले सहमतिका लागि पाँच दिन थप समय दिएका छन् । उक्त समयमा सहमति जुटे अहिले बनेको समिति स्वतः खारेज हुनेछ । त्यसैले, समितिले ५ दिनपछि काम थाल्नेछ ।
आइतबारको बैठकमा समिति गठनसँगै अर्को सूचना जारी नहुँदासम्मका संविधानसभाको बैठक स्थगित भएको छ ।
Comments