माघ ११ । नेपाली क्रिकेट टोलीका कप्तान पारस शाहले फेसबुकमार्फत माफी मागेका छन् । ‘वुई कानन्ट सरी’ अर्थात हामीले सकेनौं माफ पाउ भन्दै उनले शनिबार राती फेसबुकमा लेखेका छन् ।
नामिबियामा भएको विश्वकप क्रिकेट डिभिजन टु अन्तर्गत छनोटमा पर्न नसकेमा उनले यस्तो माफी मागेका हुन् । उक्त डिभिजन टु अन्तर्गत नेपाल चौथो भएको छ । नेपाल डिभिजन वानमा पर्न नसके पनि रेलिगेशनमा पनि परेको छैन ।
केन्यासँग लगातार दोस्रो हार
डिभिजन टु विजेता तथा उपविजेता नेदरल्याण्ड र नामिबिया दुवै टोली नेपालद्धारा पराजित भएका टोली हुन् । तर शुक्रबार र शनिबार केन्यासँग दुवै दिन नेपाल पराजित हुन पुग्यो ।
शुक्रबार ५ विकेटले पराजित भएपछि डिभिजन वान पुग्ने मौका छुटायो भने पुनः तेस्रो स्थानका लागि शनिबार भएको खेलमा पनि नेपाल केन्यासँग १५ रनले पराजित भयो । 
शनिबारको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई केन्याले २०९ रनको लक्ष्य दिएको थियो । दोस्रो इनिङमा सानदार सुरुवात गरेको नेपालले अन्तिमसम्म लय काम राख्न सकेन ।
कप्तान पारस खड्का शून्य रनमा आउट हुनुअघि ओपनरद्वय सुबास खकुरेलले नेपालको लागि सुधारिएको प्रदर्शन गरे । खकुरेल तेस्रो ओभरको दोस्रो बलमा आउट हुँदा नेपालको १७ रन मात्रै थियो । नेपालले पाँचौ ओभरको अन्तिम बलमा ३५ रन जोड्दा ओपनर पुनलाई गुमायो । लगत्तै आएका कप्तान खड्का शून्य रनमा आउट भए पनि उपकप्तान ज्ञानेन्द्र मल्लले र विनोद भण्डारीको जोडीले नेपाली पारी सम्हाल्यो ।
६ चौकासहित विनोद भण्डारीले आज ७३ रन जोडे । ज्ञानेन्द्र भने अर्धशतकबाट दुई रन टाढा रहँदा ओटिएनोको बलमा करिमबाट क्याच भए । नेपालका नौं व्याट्सम्यान क्याच आउट भएका थिए ।
१०७ रनको साझेदारी गरेका ज्ञानेन्द्र र विनोद आउट भएपनि भने नेपाली व्याटिङ धर्मरायो । आरिफ शेषले ५ रन मात्रै जोडे भने सोमपाल शून्य रनमा आउट भए । ५७ बल खेलेका शरद भेषवाकर २४ रन जोडेर आउट भए ।
भेषवाकर आउट हुँदा नेपाललाई ३६ बलमा १९ रन बनाउनुपर्ने थियो । तर, त्यसपछिको तीन ओभरमा नेपालले तीन रन मात्रै जोडेर दुई विकेट गुमायो ।
पारस, ज्ञानेन्द्र र विनोद आउट भएपछि नेपालको ब्याटिंग क्षेत्र लगभग पूरै धरमराउनु नै हारको मुख्य कारण रह्यो । यी तिन खेलाडीले खेललाई राम्रै फर्ममा पुर्याए पनि अरु खेलाडीले उत्कृष्ट इन्डिंग गर्न चुकिरहेका छन् ।
पारस डिभिजन २ का उत्कृष्ट
नेपाली टिमका कप्तान पारस खड्का नामिबियामा सम्पन्न आइसीसी डिभिजन २ क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
आइसीसीले उनको खेलको प्रदर्शनका आधारमा पारसलार्इ प्रतियोगिताको प्लेयर अफ दि सिरिज घोषणा गरेको हो ।
शनिबार सम्पन्न केन्यासँगको अन्तिम खेलमा पराजित हुँदै नेपाल चौथोमा स्थानमा सीमित भएपनि पारस प्रतियोगिताभरीकै उत्कृष्ट खेलाडी बनेका हुन् । 
डिभिजन २ का खेलमा अलराउन्डर प्रदर्शन गरेका उनले जम्मा १८५ रन बनाएका थिए भने प्रतियोगिताभरी उनले ६ विकेट लिएका थिए ।
नेदरल्याण्ड्स विजेता
प्रतियोगितामा आयोजक नामिवियालाई फाइनलमा हराउदै नेदरल्याण्ड्स डिभिजन २ विजेता बनेको छ ।
यसअघि भने नामिवियाले नेदरल्याण्डस्लाई हराएको थियो । तर, शनिबारको फाइनलमा बदला लिँदै उपाधी चुम्न नेदरल्याण्डस् सफल बन्यो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।