पुस ११ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट फुटेर बनेको नेतृ विक्रम चन्द विप्लव नेतृत्वको नयाँ माओवादीले आफूहरुलाई जबरजस्ती पेलेमा बलिदानी दिन तयार रहेको चेतावनी दिएका छन् ।
१२२ औं माओ दिवसको अवसरमा राजधानीको खुलामञ्चमा पहिलो राजनीतिक सभाको घोषणा गरेर विप्लवले देशैभर माओवादीविरुद्ध युद्ध छेडेर सिध्याउन खोजेको भन्दै त्यसको जवाफ दिने चेतावनी समेत दिएका छन् ।
विप्लवले आफूहरुले युद्ध नचाहेको भन्दै शान्तिका लागि हात बढाउन आग्रह समेत गरेका छन् । हामीले के भनेका छौ भने युद्ध हकाहक हुनुपर्छ, युद्धमा पनि नियम हुन्छ, शान्तिका लागि आउने माओवादीका लागि युद्ध छेड्ने हो भने र कब्जा गर्न खोज्ने हो भने युद्धको जवाफ हामी युद्धबाटै दिन्छौं । 
कार्यक्रममा उनले दाहाल र भट्टराईको अपिलमा सर्टिफिकेट च्यातेर युद्धमा गएको स्मरण गर्दै उनीहरुप्रति रोष समेत प्रकट गरे ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।