काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री सुशील कोइराला प्रधानमन्त्री भएको नै यत्रो समय भईसक्यो, यतिबेलासम्म त उनले तलबबाट नै निक्कै पैसा बचत गरे भन्ने सोच्नु भएको होला । त्यसो भए तपाईको सोच गलत हुन गएको छ ।
प्रधानमन्त्री कोइरालाले सार्वजनिक गरेकोे सम्पत्ति विवरणमा उनीसँग तीन थान मोवाइल फोनमात्र भएको उल्लेख छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले पेस गरेको चलअचल सम्पत्ति विवरणमा मोवाइल मात्र भएको सरकारी समाचार एजेन्सी राससले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीले यसअधि पनि सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन थान मोवाइल मात्र भएको उल्लेख गरिएको थियो । अहिले पनि उनले सार्वजनिक गरेको सम्पत्ती विवरणमा थप केही पनि नखुलाइएको पाइएको छ ।