धुलिखेल ११ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी सदस्य देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख रिट्रिटका लागि काभ्रेको पर्यटकीय नगरी धुलिखेल पुगेका छन् ।
धुलिखेल नगरपालिका–१ स्थित द्वारिकाज होटेलमा रिट्रिटको व्यवस्था मिलाइएको छ । विशिष्ट पाहुनालाई प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गरेका थिए । सार्क राष्ट्रका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू हेलिकोप्टरबाट धुलिखेल पुगेका हुन् ।
सार्कको १८औँ शिखर सम्मेलनमा उपत्यकाबाहिर पहिलोपल्ट रिट्रिटको व्यवस्था गरिएको हो । रिट्रिटस्थलमा प्रधानमन्त्री सुशील कोइराला बिहान ९ः१५ बजे पुगेका थिए ।
सार्कका राष्ट्रप्रमुखहरु अफगानिस्तानका असरफ घानी, माल्दिभ्सका अब्दुल्ला यामिन अब्दुल गैयुम, श्रीलङ्काका महिन्दा राजपाक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे रिट्रिटमा सहभागी छन् ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद भने रिट्रिटस्थल अनुपस्थित छन् । आँखामा सामान्य समस्याका कारण उनी त्यहाँ नगएको बुझिएको छ ।
Comments