खोटाङ, ११ मङ्सिर । खोटाङमा बिना लाइसेन्स ट्याक्टर चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम दिक्तेलमै बिना लाइसेन्स ट्याक्टर चलाइरहेको अवस्थामा बुधबार को १ त २२४१ नम्बरको ट्याक्टर चालक १९ वर्षीय प्रकाश राईलाई  पक्राउ गरिएको हो ।

खानीडाँडाबाट रत्नपार्कतर्फ जाँदै गरेको अवस्थामा त्रिवेणीचोकबाट बिना लाइसेन्सका चालक र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका चालकलाई चेतावनीस्वरुप २४ घण्टा नियन्त्रणमा राखेर छाडिने तर ट्याक्टरलाई तीन÷चार दिन नियन्त्रणमा राखिने ट्राफिक प्रहरी सहायक निरीक्षक तेजबहादुर बस्नेतले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।