मंसिर १० । नेकपा-माओवादीबाट अलग हुने घोषणा गरेका नेता नेत्र विक्रम चन्द ‘विप्लव’ समहूका पोलिटव्युरो, केन्द्रीय र बैकल्पिक गरी करिब ६० केन्द्रीय सदस्यले राजधानी छाडेका छन् ।
सशस्त्र क्रान्तिको कुरा उठाउँदै आएका उनीहरु भूमिगत भने भएका होइनन् । स्रोतका अनुसार राजधानी बाहिर भेलाका लागि उनीहरु निस्किएका हुन् ।
भेलामा पार्टीको नाम तय गर्ने, कार्यदिशा र पार्टीको रणनीति तय गर्ने उनीहरुको योजना रहेको छ । भेला गर्ने स्थानलाई उनीहरुले गोप्य राखेका छन् ।
राजधानीबाट बाहिरिनेमा चन्द, पोलट्ब्यिुरो सदस्यद्वय धर्मेन्द्र बास्तोला र खड्गबहादुर विक, केन्द्रीय सदस्यहरु अनील शर्मा, सन्तोष बुढामगर, सावित्रा दुरा, ओम पुन, भरत बम, सुदीप मल्लल लगायत छन् ।
Comments