काठमाडौँ, ८ मङ्सिर । नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि समायोजन गरिएको हो । जस अन्तर्गत पेट्रोलमा प्रचलित मूल्यमा प्रति लिटर दुई रुपियाँ पचास पैसा र डिजेल तथा मट्टितेलमा दुई रुपियाँ घटाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।