सानेपा स्थित नेपाली काङ्गेसको केद्रीय कार्यालयमा आइतबार नेपाल विद्यार्थी संघका ११ जना नेताले अनुहार समेत छोप्ने गरी शरीरमा कालो कपडा पहिरिएर हातमा लाल्टीन बोकी मौन धर्ना दिएका छन ।
विरोधसभामा बोलेका नेविसंघका नेता कुन्दनराज काफ्लेले पार्टीको आन्तरिक झगडाका कारण नेविसंघ बन्धक र अब पनि पार्टी यसरी नै अघिबढे आफूहरुको धै¥यताको बाँध टुट्ने चेतावनी समेत दिए । विरोध सभामा सहभागी कार्यकर्ताहरुले यो रबैयाले पार्टीको आन्तरिक लोकतन्त्र खत्तम भएको धारणा व्यक्त गरे।





