काठमाडौँ, १० साउन । प्रगतिशील लेखक सङ्घले इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको हमलाका विरोध गरेको छ ।

सङ्घका अध्यक्ष अमर गिरीले युद्धका क्रममा सयौँ सर्वसाधारणसमेत मारिएको तथा अस्पताल र बस्तीसमेत प्रभावित भएको भन्दै यस्तो कार्य नृसंश र हिंसात्मक भएकाले यसको विरोध गर्ने निर्णय भएको बताए ।

संघको नेतृत्व यसअघि नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडी धर्ना समेत दिईसकेको छ ।

यसैगरी, नेकपा माओवादीले प्रेस विज्ञप्तिमार्फत नृसंश र हिंसात्मक इजरायलले गरेको युद्धको विरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।