काठमाडौं २ फागुन
सिद्धार्थ बैंकले आजदेखि दश प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब पुर्याउने मुख्य उद्देश्यका साथ बैंकले बुधबारदेखि हदप्रद बिक्री खुल्ला गरेको हो ।

आगामी चैत्र ६ गतेसम्म हकप्रदका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले हकप्रद प्रयोजनका लागि माघ २२ गते सोमबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार माघ २१ गतेसम्म कायम र साविकका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।