काठमाडौं २० चैत । मह जोडीका रुपमा परिचित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको निधन भएको छ । गएराती उनको उपचारको क्रममा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको हाे । ६७ वर्षीया सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन् । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा नचल्ने भएको थियो । उनका एक छोरा, एक छोरी छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।