काठमाडौं २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।

श्रेष्ठले भने राजीनामा फिर्ता लिने विषय इन्कार गरिदिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्धयले राजीनामा फिर्ता लिन आग्रह गर्दा श्रेष्ठले भने फिर्ता नलिने बताएका थिए । ‘मैले स्वेच्छाले आनन्दपूर्वक राजीनामा दिएको हुँ। त्यसैले फिर्ता लिने कुरा भएन ।’ उनले भनेका थिए ।

श्रेष्ठले सचिवालय बैठकले जे निर्णय गरे पनि त्यसलाई सम्मान गर्ने तर दिइसकेको राजीनामा फिर्ता नलिने बताएका थिए । राजीनामाको विषयमा कुनै पनि निर्णय भने भईसकेको छैन । अध्यक्षद्धयको राजीनामा फिर्ता गर्न लगाउने प्रयास जारी छ भने श्रेष्ठले त्यसलाई स्वीकार गरेका छैनन् ।
डा. केसीको अनसनमा गएको विषयमा अध्यक्षको केरकारपछि श्रेष्ठले ७ साउनमा बसेको सचिवालय बैठकमा उनले राजीनामा दिएका थिए ।

ओलीसँगको ठाकठुकपछि नेकपा प्रवक्ता श्रेष्ठले यसरी दिए राजीनामा, यस्तो छ उनको प्रतिक्रिया

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।