काठमाडौं ५ साउन । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो बाटोमा लागेको छ । साताको तेश्रो दिन मंगलबार पनि सेयर बजार परिसूचक ओरालो नै रहेको हो ।

आइतबार १४ अंक र सोमबार ८ अंकले घटेको बजार मंगलबार ४.१८ अंकले झरेको हो । कारोबार रकम समेत सोमबारको तुलनामा पाँच करोड रूपैयाँले घटेको छ ।

भदौदेखि असोजसम्म सेयर बजारमा सूचीकृत कम्पनीहरुको लाभांश घोषणा गर्ने र साधारणसभा आह्वान गर्ने समय हुने हुँदा सेयर बजार उकालो लाग्नुपर्नेमा यस पटक भने बढ्न सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।