काठमाडौं २ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अबको ४ दिनपछि अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेका हुन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चीन भ्रमणमा छन् । यसअघि उनले भारत भ्रमण गरेका थिए । दुवै अध्यक्ष विदेश भ्रमणमा व्यस्त रहँदा पार्टी तल्ला कमिटीको एकता भने पछि धकेलिने भएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।