काठमाडौं २ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३,३ रुपैयाँ मूल्यवृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
मूल्य समायोजन भएसँगै अब प्रतिलिटर पेट्रोलको मूल्य एक सय १४ र डिजेल तथा मट्टीतेलको मूल्य समान १ सय १ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपीजी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ।
१५ दिनअघि मात्रै निगमले हवाइ इन्धनबाहेक सबै इन्धनको मूल्य बढाएको थियो ।
Comments







