काठमाडौँ, २ असोज । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार रु ५८ हजार प्रतितोलामा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोमबारकै मूल्य अर्थात् ५८ हजार प्रति तोला रहेको नेपाल सुनचांदी ब्यबसायी संघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि प्रति तोला ५७ हजार ७ सय रहेको छ ।
त्यस्तै मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य सोमबार प्रतितोला ७ सय १५ रुपैया थियो । मंगलबार पनि सोहि मुल्यमा कारोबार हुने नेपाल सुनचांदी ब्यबसायी संघले जनाएको छ ।
Comments







