काठमाडौं १५ कात्तिक । माथिल्लो तामाकोशीको सेयर सर्वसाधारणका लागि खुला भएको छ । कम्पनीले तेस्रो चरणमा आजबाट सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो ।
आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
आवेदन फारम भने सि—आस्वा बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । आवेदन दिने समय कात्तिक १९ गतेलाई तोकिएको छ ।
Comments







