बलिउडका बादशाह शाहरुख खानले आफ्नी छोरी सुहानालाई चलचित्रमा उतार्न लागि परेका छन् । आफ्नी छोरीलाई डेब्यू गराइदिन भन्दै शाहरुख निर्देशक सञ्जय लिला भन्सालीकहाँ सम्म पुगेको भारतीय मिडियाहरुले दाबी गरेका छन् । त्यसमा लिला सकरात्मक छन् ।

उनले छोरीका लागि फरक खालको कथा खोजिदिन समेत आग्रह गरेको बताइन्छ । भारतीय मिडियाले आफ्नो बाबुआमाको नाम भजाउँदै अबको दुई वर्षभित्र करिब एक दर्जन स्टार किड्सहरु फिल्म इन्डष्ट्रीमा आउन सक्ने अनुमान समेत गरेका छन् । जसमा सहाना पनि एक वा दुई वर्षभित्र डेब्यू गर्ने सक्नेछिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।