काठमाडौं १५ कात्तिक । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको पद धरापमा परेको छ । उनलाई हटाउने प्रक्रिया समेत सुरु भएको हो ।
मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा उनलाई हटाउन खोजिएको हो ।
स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।
स्थापितलाई हटाउने प्रयोजनकै लागि मुख्यमन्त्री पौडेल र अर्थ तथा योजना मन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं आउन लागेको स्रोत बताउँछ ।