काठमाडौं १० मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई कालो झण्डा देखाइएको छ । उनलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएको हो ।
उनलाई कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।
वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा बताइएको छ ।