काठमाडौं २४ मंसिर । अर्थतन्त्र र अर्थनीति बुझेका र अहिले मन्त्रीपरिषदमा सफल भनिएका अर्थमन्त्री डा. युवराज खतिवडाकै राजीनामा माग भएको छ । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका हुन् ।
राज्यले खेलबाड गरिरहेको भन्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् ।
तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने उनीहरुको भनाई छ । नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा नआएपछि अर्थमन्त्रीको राजीनामा माग्न बाध्य भएको उनीहरुको भनाई छ ।
Comments