‘ओइ’ मा केटी पट्याउन होडबाजी (भिडियाेसहित)



काठमाडौं । ‘ओई’ नामक गीतको म्युजिक भिडियो अहिले युट्युबमा नेपालको एक नम्बर ट्रेन्डिङमा चलिरहेको छ । म्युजिक भिडियोको सुरुमै माया प्रितिबारे केटाहरुबीच संवाद सुरु हुन्छ । त्यति मात्र हैन संवादको सुरुमा नै एउटा केटीमाथि दुई केटाले लाइन मारिरहेको संवादमै सुन्न सकिन्छ ।
अनि सामाजिक सञ्जालमा व्यस्त रहेका केटाहरुबीच केटी पट्याउने होडबाजी नै चल्छ । भाउजु कस्को अर्थात कसले केटी पट्याएको भन्ने बारे विवाद हुन्छ । तर, त्यति नै बेला केटीको अरु कुनै ब्वाईफ्रेन्ड छ कि भन्ने कुरा उठ्छ अनि त्यससँगै गीत सुरु हुन्छ ।
नबिन रावल, बादल थापा, अन्जिला रेग्मीको स्वर रहेको गितमा नबिनले म्युजिक भरेका हुन् भने यारेन्ज श्याक रसाइली र लिरिक्स मिलन बिष्टको हो ।
भाइब एण्ड बेव च्यानलले तयार गरेको भिडियोमा भने राहुल शाह, सुनिल क्षेत्री, अलिशा शर्मा, अरुण क्षेत्रीलाई देख्न सकिन्छ ।
गीतले केटीको कोही ब्वाईफ्रेन्ड उर्फ बिएफ छ कि छैन भनेर प्रश्न गरेको छ भने केटीले नभएको जवाफ गानामै दिएकी छिन् । अनि केटाहरु उनको पछि लाग्ने तथा पछ्याउने विषयको वरीपरीमा आधारित भएर गित र भिडियो बनेको छ । म्युजिक भिडियोले युवा युवतीहरुको माया र प्रेम सम्बन्धी भावना समेट्न खोजेको छ ।

भिडियाे हेर्नुहाेस्

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला