काठमाडौं १५ पुस । युनिभर्सल पावर कम्पनीलको साधारण सेयर (आइपिओ) आजदेखि खुल्ला हुने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि मात्र आइपीओ बिक्री गर्न लागेको हो । यसमा दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले मात्र आगामी पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ रहेको छ ।
यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । स्थानीयका लागि खुलाइएको आइपीओ सकिएपछि सर्वसाधरणका लागि खुल्ला हुने बताइएको छ ।
Comments