काठमाडौं । काठमाडौं उपत्यकामा अझै चिसो बढ्ने देखिएको छ । केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । चिसो भने अझै बढ्न सक्ने भएको हो ।

उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ सालमा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो । गत वर्ष पनि तापक्रम माइनसकै आसपासमा झरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।