काठमाडौं । सर्वोच्च अदालतले चौधरी ग्रुपको सीजी कम्युनिकेसनलाई मोबाइल सेवा सञ्चालनको अनुमति दिन जारी भएको यसअघिको अन्तरिम आदेश खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले यसअघिको अन्तिरम आदेश बदर हुने आदेश गरिएको राजधानी दैनिकले प्रकाशित गरेको छ ।

यो आदेशअनुसार सीजीले तत्काल मोबाइल सेवा सञ्चालन गर्न पाउने छैन् । आदेशको लिखित प्रति तयार हुन भने बाँकी छ । गत पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले एकपक्षीय सुनुवाइका आधारमा अन्तरिम आदेश जारी गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।