काठमाडौँ, १४ माघ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि रु पाँच अर्ब ५० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।
Comments







