काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र सबैलाई रोजगार दिने प्रक्रिया अघि बढाएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा आएपछि अबको पाँच वर्षभित्रमा कुनै पनि नेपालीले वैदेशिक रोजगारीमा जानु नपर्ने भएको हो ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएपछि जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउन सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिको प्रक्रिया अघि बढाएको छ । संयोजक नियुक्तिका लागि आवेदन दिने अन्तिम म्याद आगामी शुक्रबारसम्म मात्र रहेको र त्यसपछि १० दिनभित्र आवेदकको नामावली सट लिस्टिङ गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. लोकनाथ भुसालले बताउनुभयो ।

कुनैपनि नेपालीलाई बाध्यात्मक स्थितिबाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भइरहेको उपसचिव भुसालले बताउनुभयो । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।