काठमाडौं २८ फागुन । सरकारले नेतृ विक्रम चन्द विप्लवको नामबाट परिचित नेकपाको सबै गतिविधिमा अब घोषित रुपमा नै प्रतिबन्ध लगाएको छ ।

आज बसेको मन्त्रीपरिषद बैठकले विप्लवको नेकपालाई प्रतिबन्ध लगाएको हो । आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गरेको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि सरकारले वार्ता टोलि गठन गरेकोमा विप्लव समूह वार्तामा गएको थिएन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।