काठमाडौं १४ चैत । सरकारद्धारा प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले ६ वर्ष अगाडी सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी कस्तो छ भनेर सोध्ने गरेका थिए ।
हेलोखबरसँगको एक अन्तर्वार्तामा विप्लवले यस्तो जनाएका थिए । तत्कालिन समयमा विप्लव मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीमा थिए भने प्रचण्ड एकीकृत नेकपा माओवादीका अध्यक्ष रहेका थिए । विप्लव पछि विभाजनपछि नेकपा पार्टीको गठनमा लागे भने प्रचण्ड हाल एमालेसँग पार्टी एकता गरेर दुई अध्यक्ष प्रणालीमा नेकपाको अध्यक्ष छन् ।
विप्लवले सोही अन्तर्वार्तामा राज्यसँग प्रतिरोध गर्ने क्षमता युवाहरुसँग रहेको र हतियार भन्ने विषय रातारात बनाउन सकिने पनि बताएका थिए । सो भिडियाे अन्तर्वार्ता यहाँ दिइएको छः