काठमाडौं । धनुषा महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छन् । उनी घरि घटना सम्झेर झस्किन्छिन् त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन् । वैशाख २५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कारगरेपछि उनको यो हविगत भएको हो ।
घटनापछि उनको मनस्थिति असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल ल्याइएको थियो ।
घरिघरि बेहोस हुने र ननिदाउने समस्या भएपछि उनलाई जनकपुर क्षेत्रीय अस्पतालको बाल मानसिक रोग वार्डमा कञ्चनको उपचार भइरहेको छ ।
घटनापछि छोरीको जीवन बर्बाद भएको र आफू समाजमा मुख देखाउन नसक्ने अवस्था भएको पीडितका पिताको दुखेसो छ । उनले स्थानीय एक असईले आफ्नोे मोबाइल जफत गरी घटनाको प्रमाण (फोटो) नष्ट गरिदिएको बताए ।
घटनास्थलको फोटो भएको मोबाइल खोसेर किन ती फोटोहरु किन डिलिट गरियो ? पीडितका ठूलोबुबाले भने ।
यस्तै महेन्द्रनगर नगरपालिकाका मेयर योगी पंजियार र भौतिक तथा योजनामन्त्री रघुवीर महासेठले घटना दबाउन खोजेको पीडित पक्षको आरोप छ । समाचार नागरिक दैनिकमा छ ।