काठमाडौं । गुराँस लघुवित्तको आइपीओमा २ लाख ८७ हजारको रित्तो हात भएको छ । आइपीओ बिहीबार बाँडफाँड भएको हो । बाँडफाँड हुँदा आवेदन दिएका ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले सेयर हात पारेका हुन् । उनीहरुलाई गोलाप्रथा मार्फत १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको हो ।
गुराँसको आइपीओमा ५५ लाख ४५ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो । यो आवेदन माग भन्दा २३.८० गुणा बढी हो । कम्पनीले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो ।
Comments