देउवा आफैं पुगे ‘रअ’का प्रमुख भेट्न, चार घण्टा दुतावासमै रमाए

नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ ९रअ० प्रमुख समान्तकुमार गोयललाई भेट्न कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफैं पुगेका छन् ।

रअको टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहेको बेला पूर्वप्रधानमन्त्री देउवाले मयादा नै बिर्सेर आफैं भेट्न पुगेका हुन् ।

रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग पनि सामूहिक र छुटाछुट्टै भेटवार्ता भने गरेको थियो ।

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेको थिएका थिए भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुगेका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिएका थिए । देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा। अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहेको समाचारपत्रले समाचार छापेको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइतवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको थियो । रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।