काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको बोनस वितरणपछि चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १ अर्ब ९ करोड ९२ लाख ३२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेपाल लाइफले ५२ करोड ३२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।