काठमाडौं । पूर्वमन्त्री तथा सांसद पम्फा भुसालले अमेरिकी सेनासँगको दुईवटा प्रशिक्षण रद्ध गर्न माग गरेकी छिन् । अमेरिकी सेनासँग आउँदो नोभेम्बर ४ देखि १५ सम्म नेपालको सशस्त्र प्रहरीले गर्ने भनिएको प्रशिक्षण रद्ध गर्न उनले माग गरेकी हुन् ।

संसद बैठकमा सांसद भुसालले एउटा हाइअल्टिच्युड प्रशिक्षण अन्नपूर्ण क्षेत्रमा र अर्को स्वीफ्ट वाटरसम्बन्धी प्रशिक्षण चितवनको कुरिनटारमा गर्ने अमेरिकाको प्रस्ताव रहेको उल्लेख गर्दै इन्डोप्यासिफिक रणनीति विवादास्पद रहेकाले त्यस प्रकारको ज्वाइन्ट प्रशिक्षण नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेपालले विगतदेखिनै असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको भन्दै त्यसलाई निरन्तरता दिनुपर्ने उनको माग छ । सांसद भुसालले नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ विदेशमन्त्रीलाई भेटेर नेपाल एक चीन नीतिको पक्षमा भएको र अहिले चर्चामा रहेको इन्डो प्यासिफिक रणनीतिमा आवद्ध छैन भनेको विषयमा अमेरिकी दूतावासले स्पष्टीकरण माग्दैछ भन्ने आएको र यो बारे के हो नेपाल सरकारले भन्न जरुरी रहेको पनि बताइन् ।

भिडियाे हेर्नुहाेस्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।