यौन दुराचरको आरोप लागेका सभामुखद्धारा राजीनामा दिने संकेत

काठमाडौं । संसद सचिवालयमा कार्यरत एक कर्मचारीमाथि यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिने सम्भावना देखिएको छ ।

महिला कर्मचारीले आफू बस्ने कोठामा प्रवेश गरी यौन दुराचरको प्रयास गरेको आरोप लगाएपछि सभामुख महराले शीर्ष नेतासँग परामर्श गरेका छन् । नेकपाका शिर्ष नेताले राजीनामा दिन सुझाएको बताइएको छ ।
सभामुख महरामाथि लागेको आरोपबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शीर्ष नेताहरू भेला भएका छन् । सभामुख महराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् ।