काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपमा छानविन हुनुपर्ने बताएका छन् ।
थापाले आरोपमाथि निस्पक्ष छानविन गर्न माग गर्दै आरोपबारे छानविन हुँदासम्म सभामुख पदबाट अलग हुन महरालाई सुझाव समेत दिए ।

उनले सभामुखमाथि लागेको आरोपले सिंगो संसद र सांसदलाई स्तब्ध पारेकाले सभामुख महरामाथिको आरोपबारे अनुसन्धानमा सघाउन सभामुखले पदबाट अगल रहेर बस्नुपर्ने बताए ।

बुटवलमा मंगलबार बिहान रिर्पोर्टर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले घटनाको निस्पक्ष छानविन गर्नका लागि महराले पदबाट अलग रहेर घटनाको छानविन गर्न सघाउनुपर्ने बताएका हुन् ।

घटनाले राज्यको क्षमतामाथि र देशको प्रतिष्ठामाथि आँच आएको भन्दै उनले प्रहरी प्रशासन कसैको दबाब र प्रभावमा नपरी तल्लो तहबाट घटनाको निष्पक्ष छानविन गर्न माग गरे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।