काठमाडौं । प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले यसअघि आत्महत्याको प्रयास गरेको खुलेको छ । उनले करिब वर्ष दिन अघि आत्महत्या प्रयास गरेकी थिइन् । उनलाई तत्काल प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । विष सेवन गरेकी उनकाे ६ दिन सिभिल अस्पतालमा राखेर परिवारले उनलाई घर लगेको थियो ।

ती महिला डिप्रेशनको सिकार भएको पनि खुलेको छ । ती महिलाले बुधबार साँझ केही अनलाइनलाई अन्तवार्ता दिँदै आफू ८ वर्षदेखि डिप्रेशनको औषधी खाँदै आएको र डिप्रेशनका कारण आफूले बोलेको बताएकी छिन् । उनले सभामुख महराले आफूमाथि कुनै नराम्रो काम गरेको बताएकी छिन् । डिप्रेशनमा आएर रिसले बोले पनि महरा बुवा सरहको भएको उनको भनाई छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।