काठमाडौं । हाम्रो सँस्कार अनुसार पाहुनाको सत्कार गर्नु पर्दछ । हाम्रो देशका पाहुना चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भ्रमण सकेर स्वदेश फर्कि सकेका छन् । तर, उनको भ्रमणपछिको चर्चा परिचर्चा सलाएको छैन ।
भ्रमणसँगै अहिले एउटा अलिक रमाइलो चर्चा पनि भइरहेको छ । त्यो हो शनिबार राती सोल्टी होटलमा आयोजित रात्रिभोजमा टोस्ट प्रस्ताव गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ग्लास पक्डन नजानेको विषय । राष्ट्रपति भण्डारीको टोस्ट प्रस्ताव चिनियाँ राष्ट्रपति सीले सहजै हाँसी हाँसी स्वीकार गरेका छन् । तर, सीको जस्तै भण्डारीको ग्लास पक्डाई भने मिलेको छैन । राष्ट्रपति भण्डारीले ग्लास तल्लो भागमा पड्कनु पर्नेमा माथि पड्किएकी थिइन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मात्र हैन । हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसैगरी ग्लास पड्किएको फोटोमा देख्न सकिन्छ । अन्य देशमा ग्लास कसरी पड्कने, क्यामेरामा फेस कसरी दिने, कुन हात कहाँ कसरी राख्ने जस्ता विषयमा जानकारी दिने गरिन्छ । हाम्रोमा भने उच्च पदस्थले कि त त्यस्तो जानकारी लिन नचाहेर वा परराष्ट्र मन्त्रालयले दिँदै नदिएर यस्तो त्रुटी हुने गरेको छ ।











