जुन फेसबुकको तस्बीरले भिटेनलाई पुर्यायो हिरासत

काठमाडौं । “हामी यस्तै त हो नी ब्रो” नामक गित गायक समिर घिसिङ्ग भन्ने समिर लामा अर्थात भिटेनलाई फेसबुकमा हालेको आफ्नै फोटोले हिरासत पुर्याएको छ ।
उनले असईको ड्रेस लगाएर चुरोट तान्दै र गाँजा केलाउँदै गरेको फोटो फेसबुकमा हालेका थिए । अभियोग यति मात्र भने हैन, उनले “हामी यस्तै त हो नी ब्रो” बोलको गितमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गित गाएको पनि छ ।

भिटेनलाई महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार ललितपुरबाट पक्राउ गरेको थियो । उनलाई कानुनी कारबाही अघि बढाउन ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।