सिन्धु विकास बैंकले आर्थिक वर्षको मुनाफाबाट १२.०९५ % लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ११.५१३५ बोनस सेयर र कर प्रयोजनार्थ ०.५७५५ नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले ०.५७५५ नगद लाभांश कर समायोजनका लागि दिन लागेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी ५० करोड २७ हजार ३१६ रुपैयाँ रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।